वीरगन्जमा ७६ जना संक्रमित थपियाे
वीरगन्ज, १३ बैशाख । वीरगन्जमा ७६ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । पर्साबाट संकलन गरिएकाे १४० वटा नमूना स्वाबकाे नारायणी अस्पतालको प्रयाेगशालामा साेमबार बेलुकी गरिएको परीक्षणमा पर्साका ६४ र बाराका १२ गरि ७६ जना नयाँ संक्रमीत थपिएका हुन् । संक्रमितहरू ५ बर्षदेखि ७० बर्ष उमेर समूहका ५५ पुरूष र २१ महिला रहेकाे नारायणी अस्पतालका काेभिड संयाेजक सराेजराेशन दासले जानकारी दिनुभयाे ।