अधिकारकर्मी मुस्कान खातुनको पहलमा ३० घर अति विपन्न परिवारलाई खाधान्न राहत प्रदान
वीरगंज, २५ जेठ । अधिकारकर्मी एवम अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार २०२१ की विजेता मुस्कान खातुनको पहलमा वीरगंज २ छपकैयाका ३० अति विपन्न परिवारलाई खाधान्न राहत वितरण गरिएको छ । कोरोना महामारीको दोश्रो लहरको श्रंखला तोड्नका लागि गरिएको निषेधज्ञाले गर्दा खाधान्नको चरम अभावमा रहेका वीरगंज छपकैयाका अति विपन्न परिवारहरुलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको हो ।
लम्बिदै गएको निषेधज्ञाले गर्दा खाधान्न अभाव र भोको हुन थालेपछि भोर नामक अनुसान्धानमुलक परोपकारी संस्थाकी कार्यकारी समिति सदस्य समेत रहेकी मुस्कानको पहल गरिब विपन्नहरुलाई खाधान्न राहत वितरण गरेको हो । दौतरी फ्रेन्डस अफ फ्यूचर संस्थाको सहयोगमा प्रदान गरिएको उक्त राहत वितरणको व्यवस्थापन भोर नामक संस्थाले गरेको भोरका अध्यक्ष पचुलाल माझीले बताउनुभयो ।
खाधान्न राहत प्याकेजमा प्रति परिवार २५ किलो उसिना चामल, ५ किलो हरियो तरकारी, १ किलो सोयाबिन, २ किलो दाल, १ लिटर खाने तेल, १ प्याकेट आयोडिनयुक्त नुन, ४ वटा साबुन, ५० पिस सर्जिकल मास्क रहेको भोरका कोषाध्यक्ष उमेश कुमार साहले बताउनुभयो । भोकले गर्दा कोही पनि मृत्यूवरण गर्न नपरोस, खाधन्न अभावमा कोही पनि भोकमरी वा कुपोषणको शिकार नहोस भन्ने संस्थाको उद्देश्य रहेको भोरका महासचिव सरोज प्रसाद दुलालले बताउनुभयो ।
गतवर्ष पनि कोरोना महामारीका कारण आपतमा परेका गरिब, विपन्न, मजदुर लगायतलाई भोरले राहत सामग्री तथा गर्भवती, सुत्केरी महिलालाई विषेश पोषण सप्लीमेन्टल प्याकेज वितरण गरेको थियो । त्यस्तै स्वास्थ्य सुरक्षा सामग्रीहरु समेत वितरण गरेको थियो । यसवर्ष पनि पहिलो चरणमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको र लकडाउन लामो हुन थालेकोले खाधान्न राहत सामग्री वितरण शुरु गरेकोे छ ।
कोरोना महामारीको दोश्रो लहरले गर्दा उत्पन्न आर्थिक र खाध्य संकटको अवस्थामा हुनेले नहुनेलाई सहयोग गर्न जरुरी रहेको मुस्कानको अनुरोध छ । यस्तै कठिन समयमा नै मानवताको आवश्यकता वढी भएकोले देश भरी भोकमरी र खाधान्न अभावमा रहेका परिवाररुलाई सक्नेले सहयोग गर्न मुस्कानले अपिल गरिन ।