नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पतालमा एक संक्रमितको मृत्यु
वीरगन्ज, २१ बैशाख । वीरगन्जको नेशनल मेडिकल कलेजले बाबा होटलमा संचालन गरेको अस्थायी कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
पर्सागढी नगरपालिका वडा नम्बर ९ का ३४ बर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान साढे सात बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।
बैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई बैशाख १८ गते मात्रै कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको कोभिड सम्प्र्क व्यक्त श्रीवास्तवले बताउनुभयो ।