वीरगन्जमा कृषि बजारको शिल्यान्यास
वीरगज, २४ जेठ । बीरगंज महानगर पालिका वडा नं।१६ नगवामा कृषि बजार निर्माण हुने भएको छ । ३ करोडको लागत स्टीमेटमा तैयार हुन लागेको कृषि बजारको कृषि बजारको पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शिलान्यास गर्नुभएको छ । बर्षौदेखि निर्माण हुन नसकेको कृषिबजारको शिलान्यास भएसँगै अब निर्माण हुने भएको छ ।
कृषि बजार निर्माणको ठेक्का दिप तामाकोशी कन्स्ट्रक्सन, भक्तपुरले ठेक्का सकार गरेको छ । कृषि बजारको अभावमा बारा पर्साका किसानले उत्पादन गरेको कृषि उपजहरु बजारीकरण हुन सकेको थिएन । कृषि बजार निर्माण सम्पन्न भएपछि यसक्षेत्रका किसानले उत्पादन गरेको कृषि उपज बजारमा राख्न पाईने र बजारीकरणमा सहजता आउने विश्वास लिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले लिनुभएको छ ।
व्यवस्थित कृषि बजार नहुँदा अहिले पनि वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फको विपी उद्यानको जग्गामा अव्यवस्थित रुपमा थोक तथा खुद्रा कृषि बजार लाग्दै आएको छ । मीना बजार क्षेत्रमा लाग्ने तरकारी हाट बजारलाई हटाएर महानगरपालिकाले गीता मन्दिर रोडमा व्यवस्थित गरेपनि अझैपनि तरकारी व्यापारीहरु उक्त स्थानमा गएका छैनन् ।