नौ दिनसम्म निरन्तर निःशुल्क भोजनको व्यावस्था 

नौ दिनसम्म निरन्तर निःशुल्क भोजनको व्यावस्था 

वीरगन्ज, ३१ बैशाख । कोरोना भाईरस संक्रमणको महामारीले वीरगन्ज त्राहीमाम छ । कोही अक्सीजन नपाएर ज्यान गुमाउन बाध्य छन् । कोही अस्पतालमा वेड नपाएर ज्यान गुमाउन बाध्य छन् । कोही खानै नपाएर पनि ज्यान जोखिममा छ । महामारीको संक्रमण फैलिनबाट रोक्न स्थानीय प्रशासनले जेठ २ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

बिहान बेलुका छाक टार्ने गरिब विपन्नहरुलाई भने रोगको महामारीले भन्दा भोकले ज्यान गुमाउनु पर्ला भन्ने चिन्ता छ । गरिब विपन्नहरुको ज्यान भोकले नजाओस भनेर वीरगन्ज विभिन्न संघ संस्थाहरुले निरन्तर निःशुल्क भोजनको व्यावस्था गरेको छ । साहिव दरबार सेवा संस्था, समर्पण सेवा संस्था र स्टार मार्बल एन्ड सेनेटरी प्रा.लिद्वारा शुक्रबार नवौ दिनपनि निःशुल्क भोजन बितरण गरेको छ ।

कोरोना भाईरस महामारीको दोस्रो लहरले गर्दा पर्सा जिल्लामा  जारी निषेधाज्ञामा भोकै पेट बस्नु परेका गरीब, विपन्न अहसायहरूलाई नवौं दिन महानगरको विभिन्न स्थानमा निःशुल्क भोजन वितरण गरेको छ । निःशुल्क भोजन बितरण गर्ने क्रममा  प्रेमबाबु पटेल, उमेशलाल सहनी, रूपेशमान सिंह,  सुधीर कर्ण, अफरोज आलम, राहुल तुल्स्यान, किशोर सिंह ठकुरी, बिक्रम नगरकोटी, अशोक

महर्जन, मंदीप ठकुरी, बिनोद बैठा, दशरथ बैठा र राजा चौरसियाले योगदान गरेका साहिद दरबार सेवा संस्थाका संयोजक राजेश मान सिंहले जानकारी दिनुभयो । पहिलो चरणको कोरोना भाईरस संक्रमण फैलिएको समयमा पनि सरकारले लकडाउन गरेपछि समस्यामा परेकाहरुलाई संस्थाले निःशुल्क भोजन तथा नगरक्षेत्रमा सेनीटाईजरले निर्मलीकरण गरेको थियो ।