यसरी प्रयोग गरौं अक्सिजन !
वीरगन्ज, ३१ बैशाख । कोरोना भाईरस संक्रमणको दोश्रो भेरियण्टमा अधिकाशं संक्रमितहरु अक्सिजन नपाएर ज्यान गुमाएका छन् । अक्सिजन पाउनेहरुले पनि सही तरिकाले अक्सिजन प्रयोग नगर्दा खेर जाने मात्रै होईन मान्छेको ज्यान समेत जोखिममा पर्ने गरेको छ । अक्सिजनको प्रयोग सही तरिकाले गर्न सके अक्सिजन खेर नजाने र मान्छेको जीवन रक्षालाई पनि सजिलो हुन्छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंले अक्सिजन प्रयोग गर्ने तरिकाको विषयमा सार्वजनिक रुपमा सूचना नै जारी गरेको छ । सूचना अनुसार कोभिडका बिरामीलाई अक्सिजनको ९० प्रतिशत स्याचुरेशन भए पुग्छ । अक्सिजन प्रयोग बारे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सूचना यस्तो छ :