महानगर प्रमुख सरावगीद्वारा स्वास्थ्य चौकी भवन शिलान्यास
वीरगन्ज, २५ माघ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरगन्ज दुईवटा वडामा निर्माण गर्न लागिएको नगर स्वास्थ्य केन्द्रको भवन निर्माण स्थलको शिलान्यास गर्नुभएको छ ।
वीरगन्ज महानगरपालिकाका जनताको स्वास्थ्य उपचार सेवाको पहुँच सहज बनाउने उद्देश्यले वीरगंज माहानगरपालिकाद्वारा निर्माण गर्न लागेको दुईवटा स्वास्थ्य केन्द्रको मंगलबार एकैदिन शिलान्यास गर्नुभएको हो ।
महानगरपालिकाले पाँच वटा वडाहरुमा स्वास्थ्य केन्द्र निर्माण गर्दै छ । यही क्रममा नगरप्रमुख बिजय कुमार सरावगीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१७ अलौं र वडा नम्बर–२६ सुगौली वीर्तामा निर्माण गर्न लागिएको नगर स्वास्थ्य केन्द्रको पक्की भवनको शिलान्यास गर्नु भएको नगर प्रमुखका स्वकीय सचिव पिन्टु उपाध्यायले जानकारी दिनुभयो ।
महानगरपालिकाले यसअघि दुईवटा वडामा स्वास्थ्य केन्द्र निर्माण सम्पन्न गरेर सेवा शुरु गरेको छ ।