पर्सामा २९ जनाको पीसीआर परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि 

पर्सामा २९ जनाको पीसीआर परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि 

ट्रिब्यून न्युज
वीरगन्ज, २१ चैत । वीरगन्जमा फेरी ८ जनामा कोरोना भाईरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको २९ वटा नमूना स्वाबको वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको पीसीआर परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ २१ बर्षीय पुरुष र ५१ बर्षीया महिला, वडा नम्बर ६३ बर्षीय पुरुष र ६६ बर्षीया महिला, वडा नम्बर १० र वडा नम्बर १२ का दुईजना पुरुष र वडा नम्बर २७ का दुईजना महिलामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । पाँचजना पुरुष र तीन जना महिला गरी आठजनामा देखिएको कोरोना भाईरसको संक्रमण सार्न सक्ने क्षमता अर्थात सिटी भ्यालु २४ देखि २९ रहेको पनि उहाँले बताउनुभयो ।