ज्वरो र रुघाखोकी आएमा औषधि सेवन नगरी कोरोना परीक्षण गराउन चिकित्सकको सुझाव

ज्वरो र रुघाखोकी आएमा औषधि सेवन नगरी कोरोना परीक्षण गराउन चिकित्सकको सुझाव
वीरगन्ज, १२ बैशाख । बरिष्ठ फिजिसियन डाक्टर नीरज सिंहले कोरोना भाईरस संक्रमणको महामारीमा आफ्नो स्वास्थ्यलाई गम्भिरताका साथ लिन आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत अहिलेको परिस्थितिमा सामान्य रुघाखोकी र ज्वरो आएमा कोरोना परीक्षण गर्नुभन्दा टाईफाईडको शंकामा जथाभावी औषधि सेवन गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई सामान्य नठान्न आग्रह गर्नुभएको हो ।

उहाँले फेसबुकमा उल्लेख गर्नुभएको छ, अहिले को सन्दर्भमा, यदि ज्वरो, रुघा–खोकी छ भने, त्यसको कारण कोरोना (कोभिड–१९)  सम्भावना धेरै हुन्छ  । कृपया typhoid चेक गरेर, अनावश्यक समय र पैसा बर्बाद नगर्नुस यो typhoid को लक्षण होइन र typhoid को टेस्ट धेरै प्रकार को ज्वरोमा false Positive Typhoid नभएपनि Positive आउने हुन्छ । विरामी हरू आफ्नै तर्क, वितर्क गर्छन जस्तै : घाममा घुमेर, फ्रिजको पानी खाएपछि भएको खोकी हो । कृपया समयको म्हत्व बुझनुस्, अनावस्यक समय खेर न फाल्नुस् !!!

आज भोलि, typhoid सोचेर, अनावश्यक औषधि प्रयोग गरेर, अनि धेरै सिकिस्त अवस्थामा भएपछि बल्ल Covid-19 को टेस्ट गर्ने बिरामी को संख्या धेरै बढेको र कोभिडको उपचारमा धेरै ढिलाई हुने र ठीक हुने सम्भावना पनि कम हुँदै जाने भएकोले ज्यान समेत जोखिममा पर्ने भएकोले सतर्कता अपनाई अन्य रोगको शंकामा औषधि सेवन गर्नुभन्दा कोरोना परीक्षण गरेर सुरक्षित रहन आग्रह गर्नुभएको छ ।