९१ बर्षीया उपमयेर कार्कीले जित्नुभयो कोरोना

९१ बर्षीया उपमयेर कार्कीले जित्नुभयो कोरोना

वीरगन्ज, ६ जेठ । वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले कोरोना भाईरस संक्रमणलाई परास्त गर्नुभएको छ । कोरोना भाइरस संक्रमणले ४० देखि ६० बर्ष उमेर समूहका व्यक्तिहरु बढी प्रभावित भईरहेको अवस्थामा कोरोना संक्रमित हुनुभएका ९१ बर्षीया महानगर उपप्रमुख कार्की कोरोना संक्रमण मुक्त भएर बिहीबार डिस्चार्ज हुनुभएको छ ।

वीरगन्ज महानगरपालिकाले बैशाख २४ गतेदेखि संचालन गरेको कोभिड अस्थायी अस्पतालमा कार्कीको उपचार भएको थियो । कार्कीलाई आईशोलेसनमा आएको पहिलो बिरामी रुपमा महानगर प्रमुख विजय कुमार सरावगीले स्वागत गर्नुभएको थियो । आशोलेसनमा बसेको १४ दिनपछि कार्कीले कोरोनालाई जित्नु भएको हो । उहाँलाई आजै महानगर प्रमुख विजय सरावगी सहितको चिकित्सको टोलीले आईशोलेसनबाट विदाई गर्नुभएको छ ।

उपप्रमुखलाई आईशोलेसनबाट विदाई गरेपछि महानगर प्रमुख सरावगीले खुशी व्यक्त गर्नुभयो । नगर प्रमुख सरावगीले भन्नुभयो, “वहाँ आफ्नो दृढ इच्छाशक्ति र अस्पतालका चिकित्सकहरुको मिहनेतको कारणले कोरोनालाई परास्त गर्नु भएको छ। र आज वहाँ लाई शकुसल अस्पतालबाट बिदाइ गर्दा मेरो मन ज्यादै नै हर्षित महसुस गरेको छ।”

वीरगन्ज महानगरपालिकाले गोपाल मण्डलीमा २३० वेडको आईशोलेसन र क्वारेन्टिन संचालन गरेको छ । वीरगन्ज महानगरपालिकाले चिकित्सक स्वास्थ्यकर्मीको साथै अक्सिजन र बिप्याप (सेमी–भेण्टिलेटर) सहितको सुविधामा आईशोलेसन संचालन गरिएको छ ।