नारायणी अस्पतालमा बाराका २ र रौतहटका १ गरी तीनजनाको मृत्यु 

नारायणी अस्पतालमा बाराका २ र रौतहटका १ गरी तीनजनाको मृत्यु 

वीरगन्ज, २५ बैशाख । वीरगन्जको नारायणी अस्पतालमा बाराका २ जना र रौतहटका १ जना गरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का ५५ बर्षीय पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । बैशाख ३ गते भारतको दिल्लीमा पीसीआर परिक्षण गर्दा कोराना संक्रमण भएको उनलाई बैशाख ८ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा शुक्रबार राति १० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । त्यस्तै बारा जिल्लाको वडा नम्बर ५ मात्रै उल्लेख भएको एकजना ४५ बर्षीय पुरुषको पनि आज बिहान १ः३० बजे मृत्यु भएको छ । बैशाख २१ गते उनलाई एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।


२२ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनका शनिबार बिहान १ः३० बजे मृत्यु भएको हो । त्यसैगरी रौतहटका सिर्सियाका ५५ बर्षीय पुरुषको पनि नारायणी अस्पतालमा शनिबार बिहान ११ ः ४५ बजे मृत्यु भएको छ । बैशाख २१ गते नै एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनलाई २२ गते अस्पतालमा भर्ना गरिएको थियो ।