वीरगन्जमा थप ३ जना कोरोना संक्रमणले मृत्यु
रगन्ज, २७ बैशाख । वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर १० की ६० वर्षिया महिलाको आज बिहान मृत्यु भएको छ । बैशाख २३ गते वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना भएकी ती महिलाको त्यहि दिन पीसीआर परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
उपचारका ती महिलाको आज बिहान साढे १२ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्याक्ति विनय श्रीवास्तवले जानकारी दिनुभयो । यस्तै नेशनल मेडिकल कलेजको कोरोना अस्थायी अस्पतालमा उपचाररत पर्साको पकाहा मैनपुर गाँउपालिका वडा नम्बर ५ की ३८ वर्षिया महिलाको पनि मृत्यु भएको छ । बैशाख २५ गते संक्रमण पुष्टि भएकी ती महिला उपचारका लागि त्यहि दिन मेडिकल कलेजको कोरोना अस्पतालमा भर्ना भएकी थिइन् ।
कोरोना अस्पतालको आइसियुमा राखेर उपचार भइरहेकोमा ती महिलाको हिजो साँझ साढे ६ बजे मृत्यु भएको श्रीवास्तवले जानकारी दिनुभयो । त्यसैगरी बाराको निजगढ नगरपालिका वडा नम्बर ७ का एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बैशाख १७ गते नारायणी अस्पतालमा भर्र्ना भएका ६० बर्षीय पुरुषको आज बिहान २ बजे मृत्यु भएको हो । उनको बैशाख १८ गते एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर दासले बताउनुभयो ।