आइएमई पे को नयाँ अफर
वीरगन्ज, १० साउन । आइएमई पे’ ले ‘रेमिटेन्समा उपहारको बहार’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । यो आफर साउन १ देखि साउन मसान्तसम्म चल्ने कम्पनीले जनाएको छ ।
अफरमा विदेशबाट पठाइएको रेमिटेन्स रकम आईएमई पे वालेटमा पाउनेमध्ये एक जनाले हरेक हप्ता स्मार्टफोन प्राप्त गर्ने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय रेमिटेन्स प्राप्त गर्ने ग्राहकलाई लक्षित गर्दै अफर ल्याएको आइएमई पेले जनाएको छ ।
अफरको अन्त्यमा एक जना ग्राहकलाई बम्पर उपहारस्वरूप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिनेसमेत कम्पनीले जनाएको छ । अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरूको पुरस्कार वितरणको तस्बिर तथा भिडियो आइएमई पेको सामाजिक सञ्जालमा प्रकाशन गरिने आईएमई पेले बताएको छ ।