नेपाल दुध र अण्डामा आत्मनिर्भर घोषणा, बजारमा अझै चारलाख टन दुधको अभाव 

नेपाल दुध र अण्डामा आत्मनिर्भर घोषणा, बजारमा अझै चारलाख टन दुधको  अभाव 

ट्रिब्यून न्युज 
वीरगन्ज, १३ चैत । नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजित भव्य कार्यक्रममा प्रधानमन्त्री ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य ९कुखुरा० गरी चार उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन् । 

नेपालमै  उत्पादन अधिक भएकाका कारण विदेशबाट पशुपन्छीजन्य उत्पादन आयात जरुरी नभएको सरकारको भनाई छ । बिहीबार गरिएको घोषणाअनुसार धुलो दूध, बटर, अण्डा र मासुजन्य ९ कुखुरा, खसी र बंगुर उत्पादन मुलुकको मागलाई धान्न सक्ने अवस्थामा छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा मानिसलाई आवश्यक पर्ने यी वस्तुको वाषिर्क औसत परिमाण र उत्पादन अवस्थाका आधारमा नेपाललाई आत्मनिर्भर मुलुकको रुपमा घोषणा गरिएको हो ।


सरकारले दावी आम नागरिकले भने यसको वास्तविकतातर्फ आँखा लगाउनुपर्ने हुन्छ । सरकारकै निकाय भन्सारको तथ्यांकले बटर र धुलो दूधको आयात उच्च भएको देखाएको छ । चालु आर्थिक वर्षको आठ महिनामा मात्र करिब डेढ अर्ब हाराहारीको बटर र धुलो दूध आयात भएको छ । सरकारले आत्मनिर्भर घोषणा गरेको पाउडर दूध पनि लाखौं किलो आयात भएको तथ्यांक छ ।

चालु आर्थिक वर्षको आठ महिनामा मात्रै नेपाल भित्रिएको पाउडर दूधको परिमाण ११ लाख ८२ हजार २५३ किलो रहेको विभागले जनाएको छ । संगठनले प्रतिव्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध, १४ किलो मासु, ४८ गोटा अण्डा उपभोग गर्नुपर्ने तोकेको छ । हाल नेपालमा प्रति व्यक्ति प्रति वर्ष ७९ लिटर दूध, १८।१ किलो मासु र ६१ गोटा अण्डाको उपलब्धता हासिल भएको सरकारी दाबी छ ।

मन्त्रालयको तथ्यांकअनुसार देशभर २३ लाख १ हजार मेट्रिक टन  दूध, ५ लाख ४८ हजार मेट्रिक टन मासु, १ अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार मेट्रिक टन माछा उत्पादन भएको छ । हालको प्रचलित बजार मूल्यको आधारमा दूधबाट करिब १ खर्ब २२ अर्ब, मासुबाट २ खर्ब ७५ अर्ब, अण्डाबाट १७ अर्ब र माछाबाट ३७ अर्ब गरी कुल ४ खर्ब ५० अर्ब रुपैयाँ बराबरको आयात प्रतिस्थापन भएको मन्त्रालयको दाबी छ । यस्तै प्रत्येक वर्ष ५ लाख देखि ६ लाखको हाराहारीमा आयात हुने बाख्रा हाल ९७ प्रतिशतले घटेको र राँगा भैंसीको आयात विगत दुई वर्ष यता शून्यमा झरेको मन्त्रालयको दाबी छ ।

अण्डा र कुखुराको मासुमा मात्रै नेपाल आत्म निर्भर

भन्सार विभागको तथ्यांक अनुसार अण्डा र कुखुराको मासुबाहेकमा नेपाल आत्मनिर्भर देखिन्न । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै ४९ करोड ६५ लाख रुपैयाँ भन्दा धेरै मूल्य बराबरको ९३ हजार २५० किलो बटर नेपालले आयात भएको छ । सो परिमाणको बटर आयात गर्दा सरकारले २८ करोड ८९ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको विभागको विवरणमा देखिन्छ ।

सरकारले आत्मनिर्भर घोषणा गरेको अर्को पाउडर दूध पनि लाखौं किलो आयात भएको तथ्यांक छ । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै नेपाल भित्रिएको पाउडर दूधको परिमाण ११ लाख ८२ हजार २५३ किलो रहेको विभागले जनाएको छ । उक्त परिमाणको पाउडर दूध आयात गर्न ८१ करोड ३० लाख ७० हजार रुपैयाँ भन्दा धेरै रकम खर्चिएको विभागको तथ्यांकमा छ ।

सरकारले घोषणा गरेको मध्ये पाउडर दूधको आत्मनिर्भरता सत्य नभएको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले बताएको छ ।  चितवन, विराटनगर र पोखरामा गरेर तीन वटा उद्योगले वार्षिक २८ सय मेट्रिक टन पाउडर उत्पादन गर्ने गरेको र बजारको माग वार्षिक चार हजार मेट्रिक टन भन्दा धेरै रहेको संघका अध्यक्ष नारायण देवकोटाको भनाई छ । 

चार लाख टन दुध बजारमा अझै अभाव 
 
व्यावसायीहरुका अनुसार अझै नेपाली बजारमा चारलाख टन दुधको अझै अभाव छ । गाउँघरमा पालिने गरेको गाईभैंसी अहिले पाल्न छोडेको छ । नाम नबताउने शर्तमा एक व्यवसायीले भने, “अहिले केही उत्पादन त हुदैछ । तर, ३० देखि ४० प्रतिशत मात्रै बजारमा आपूर्ति भएको छ । बाँकी त आयातमा नै भरपर्नु परेको छ । पहिले गाउँघरमा २, ४ वटा गाईभैंसी पनि पाल्ने गरेको थियो अहिले सबैले गाईभैंसी पालन गर्नै छोडेको छ । अनि व्यावसायिक रुपमा त भर्खरै शुरु भएको छ ।” उनी भन्छन्, “पशुपालन व्यावसाय बढाएर उद्योग स्थापना गरौं निर्यात गर्नेगरी उत्पादनमा जोड दिऔं । त्यसपछि मात्रै आत्मनिर्भर हुनसक्छ ।”