वाईसियलद्वारा मानवसेवा आश्रममा सहयोग
वीरगन्ज, २५ बैशाख । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योंग कम्युनिष्ट लिग (वाईसीयल) ले शनिबार मानव सेवा आश्रममा विभिन्न खाद्यान्न सामग्री वितरण गरेको छ ।
वाईसियल पर्साका अध्यक्ष ओमप्रकाश गुप्ताको नेतृत्वमा गएको टोलीले मानवसेवा आश्रम वीरगन्जमा रहेका असहायहरुलाई २ कार्टुन विस्कुट, ७ कार्टुन चाऊचाऊ, ५ केजी भूजा र ६ प्याकेट दालमोठ वितरण गरेको वाईसियल प्रदेश नम्बर २ सदस्य पिन्टु रौनियारले जानकारी दिनुभयो ।
सामग्री हस्तान्तरण गर्न जाने टोलीमा वाइसियल प्रदेश सदस्य चन्दन रौनियार, कासिम मियाँ लगायतको पनि उपस्थिति रहेको थियो ।