माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेतामा जमरकट्टेल चयन
अर्का प्रतिस्पर्धी सरल सहयात्रीको प्रतिक्रिया ‘म हरेक पटक छिर्के लगाएर लडाईएपनि धूलो टकटक्याउदै कुदी रहेको धावक हुँ म ..."
वीरगन्ज, १६ पुष । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएपछि अर्का संसदीय दलका नेता सरल सहयात्रीले प्रतिक्रिया जनाउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा सरलले लेख्नु भएको छ, ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएरपनि गेम त जितिन्छ तर मन जितिदैन । जब सम्म मन जितिदैन केहीपनि जितिदैन । म हरेकपटक छिर्के लगाएर लडाइएपनि धुलो टक्टक्याउदै कुदिरहेको धावक हुँ..’
चुनावमा जान अन्य सदस्यहरुले नमानेपछि जमरकट्टेलको नाम सर्वसम्मतिले पारित भएको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिनुभयो । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो । शालिकराम यसअघि पनि दलको नेता हुनुहुन्थ्यो ।
सहयात्रीले असहमतिकाबीच उहाँको नाम पारित भएपछि असहमति जनाउनु भएको छ । जम्मकट्टेल एमाले–माओवादीको गठबन्धनमा पनि मुख्यमन्त्रीकै दाबेदार रहनुभएको छ ।
प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न खोज्नु भएको थियो । तर, मुख्यमन्त्रीका रूपमा दाबी गर्न पार्टीले प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको माओवादी भित्र चर्चा छ ।