कोल्हवीमा वीरगन्ज सामुदायिक अस्पतालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न 

कोल्हवीमा वीरगन्ज सामुदायिक अस्पतालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न 

वीरगन्ज, १६ पुष । वीरगन्ज सामुदायिक आँखा अस्पतालद्वारा बाराको कोल्हवी नगरपालिकमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । कोल्हवी नगरपालिकाको सहयोगमा आँखा शिविरको आयोजना गरिएको हो ।

आँखा शिविरको कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले उद्घाटन गर्नुभएको थियो । शिविरमा परीक्षण गराउन आउनेहरु २८० जनाको आँखा परीक्षण गरिएको वीरगन्ज सामुदायिक आँखा अस्पतालका संयोजक महेशसिंह धामीले जानकारी दिनुभयो ।

परीक्षणका क्रममा ९१ जनामा मोतियाविन्दुको समस्या देखा परेको र उनीहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने मेडिकल संयोजक धामीले बताउनुभयो । उनीहरको शल्यक्रिया आउने सोमबार वीरगन्ज सामुदायिक आँखा अस्पतालमा हुने पनि उहाँले बताउनुभयो ।