वीरगन्ज महानगरको मेयरमा २० जना भन्दा बढी उम्मेदवार
वीरगन्ज, १२ बैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजयकुमार सरावगी, जनता समाजबाट राजेशमान सिंह र राप्रपाबाट गिरिश गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट वीरगञ्जको मेयरमा टिकट पक्का भएपछि सरावगी जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्नुभएको थियो । त्यस्तै जसपाबाट मेयरमा उम्मेदवारी दिनुभएका राजेशमान सिंह लोसपाबाट एमालेमा जानुभएको थियो ।
मेयर सरावगी एमालेमा प्रवेश गरेपछि फेरी जसपामा प्रवेश गरेर मेयरको टिकट पाउनु भएको हो । सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर तीनैजनाले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गर्न आउनु भएका सरावगीले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै आफूले साढे चारबर्षमा गर्न बाकी कामहरु फेरी पूरा गर्न उम्मेदवारी दिएको बताउनुभयो । वीरगन्जको विकास गर्न पहिलेको पार्टीले नदिएकोले एमालेमा प्रवेश गरेर वीरगन्जको विकास गर्ने बताउनुभयो ।
त्यस्तै जसपाका नेता राजेशमान सिंहले वीरगन्जको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले जनताको साथ, समर्थन र मायाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । राप्रपाबाट मेयरका उम्मेदवार गिरीश गिरीले वीरगन्जको विकासमा भएको अवरोध हटाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
उहाँले वीरगन्जको विकासका लागि आफ्नो बुवा र हजुरबुवाले देखेको सपना पूरा गर्नका लागि आपूmले मेयर पदमा उम्मेदवार दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वीरगन्जबाट धेरै महत्वपूर्ण व्यक्तिहरु माथिल्लो तहसम्म पुग्यो तर, वीरगन्जको विकास जहाँको तही रहेको छ ।
विकासको यो रोकावटलाई सुचारु गर्न मेरो उम्मेदवारी हो । मेरो बुवाले सुरु गरेको वीरगन्जको विकास माओवादीले हत्या गरेपछि रोकिएको छ । त्यसलाई सुचारु गर्न मैले उम्मेदवारी दिएको हुँ ।” बैशाख ३० गते हुने निर्वाचनका लागि तीन दल बाहेक नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्णप्रसाद कोइरीले पनि मेयरमा मनोनयन दर्ता गरेका छन् ।
स्वतन्त्रबाट प्रभात सिँह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्र प्रसाद सिँह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सञ्जिव कुमार यादव, कैलाश प्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिँह, रोज मियाँ अन्सारी लगायतले मेयरमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै उपमेयर लोसपाका पुरुषोत्तमलाल झा, नेपाली कांग्रेसका इम्तियाज आलम र राप्रपाबाट विणा जयसवालले उम्मेदवारी दिएका छन् । झा एमाले र लोसपा गठबन्धनबाट र आलम पाँचदलीय गठबन्धनबाट उपमेयरमा उम्मेदवार बनेका हुन् । भने, जयसवालले राप्रपाबाट उम्मेदवार दिनुभएको हो ।