जितेन्द्र मिश्र सहित "भाेट फर चेञ्ज समूह" अखिल क्रान्तिकारीमा समाहित
वीरगन्ज, २९ फागुन । ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लाग् ि‘भोट फर चेञ्ज समूह’ को नामबाट दल दर्ता गराएको समूह अखिल क्रान्तिकारीमा समाहित भएको छ ।
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि स्ववियु निर्वाचनको सभापतिका प्रत्यासी जितेन्द्र मिश्र सहित ‘भोट फर चेञ्ज समूह’ का विद्यार्थीहरू अखिल क्रान्तिकारीलाई सहयोग गर्ने गरि समाहित भएका हुन् । सोमबार वीरगन्जको मूर्लीमा रहेको वीरगन्ज सिटी प्यालेसमा भएको कार्यक्रममा जितेन्द्र मिश्र, अनिष पटेल, किरण कुमारी यादव, मुराज आलम, मुन्ना साह, रामकृष्ण यादव, गौतम यादव, सुमित यादव, गौरभ यादव, औधेस यादव, मंदीप यादव, दीपक यादव, गोपाल पासवान, बरिओम चौहान, सिकेन्द्र यादव, धिरज यादव, रोशन दास थारु, संजित गुप्ता लगायतले सामूहिक प्रवेश गरेका छन् ।
अन्य विद्यार्थीहरूपनि प्रवेशका क्रममा रहेको उनीहरूले बताएका छन् । नवप्रवेशीहरूलाई अखिल क्रान्तिकारीका केन्द्रीय सचिव प्रभाकर गुप्ता केन्द्रीय सचिवालय सदस्य एवं पर्सा ईन्चार्ज शिवम साह, प्रदेश सचिव विवेक साह लगायतले अविर र खादा लगाएर प्रवेश गराएका थिए ।
अखिल क्रान्तिकारीका पर्सा अध्यक्ष कविराज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका महानगर अध्यक्ष सवा अन्सारी, निवर्तमान प्रदेशसभा सदस्य पस्मिना कादरी, प्रेस सेण्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर लगायतको उपस्थिति रहेको थियो ।