वीरगन्जमा चार विद्यार्थी नेता पक्राउ 

वीरगन्जमा चार विद्यार्थी नेता पक्राउ 

वीरगन्ज, १० असार । सरकार विरुद्ध सडकमा प्रदर्शन गरेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको घण्टाघरमा संयुक्त विद्यार्थी संघर्ष समितिले संसद विघटन विरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर चारजनालाई पक्राउ गरेको हो ।

बिहीबार वीरगन्जको घण्टाघरमा विरोध प्रदर्शनमा उत्रिएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं प्रदेश २ सहसंयोजक प्रभाकर गुप्ता, महानगर कमिटि अध्यक्ष विवेक कुमार साह, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुधिर पेटल र विशाल पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारले जारी गरेको निषेधाज्ञामा प्रदर्शन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तर, निषेधाज्ञाकै समयमा एमालेका नेताहरुले चुनावी प्रचार प्रसार र नारा जुलुश गर्नेलाई प्रहरी प्रशासनले छुट दिएको छ । विद्यार्थीहरुले गरेको प्रदर्शनमा भने निषेधाज्ञाको समयमा प्रदर्शन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ ।