जन समाजवादी पार्टीका प्रदेशसभा उम्मेदवार साह निरन्तर घरदैलोमा
वीरगन्ज, ९ कार्तिक । जन समाजवादी पार्टी नेपालका पर्सा क्षेत्र नं. ४ को प्रदेश साभा सदस्य (२) का उम्मेदवार राजेन्द्र साहले मतदाता भेटाघाट कार्यक्रमलाई निरन्तारता दिनुभएको छ । प्रदेशसभा सदस्यका उम्मेदवार राजेन्द्र साहले मंगलबार ठोरी गाउँपालिकाको बिजय टाउन बजार, बडा गाउँ रामनगर, ब्रह्म नगर, अमावा गाउँमा घरदैलो तथा भेटघाट गर्नुभएको हो ।
भेटघाटको क्रममा मतदातामा आफु प्रतिको उत्साह र समर्थनले आत्मबल बढएको उम्मेदवार साहले वताउनुभयो । तारा चुनाव चिन्ह रहेको उम्मेदवार साह निरन्तर मतदाताको घरदैलोमा पुगेर भेटघटमा व्यस्त हुनुभएको छ । उम्मेदवार साहलाइ बिजयी गराउन ठोरी मा रामशरण लामिछनेको नेतृत्वमा गाउँपालिका प्रचार प्रसार समिति गठन पनि गरिएको छ ।
जस्को सदस्यहरुमा कृष्णा अधिकारी पदम बिक र गणेश लामा रहनुभएका छन् । जन समाज बादी पार्टी नेपाल का युवा नेता समेत रहेका उम्मेदवार साहले स्वतन्त्र वैकल्पिक शक्तिको देश व्यापी निर्माणको लागि पहल र राष्ट्र निर्माणको अभियानमा सहयोग गर्न तारा छापमा मतदान गर्न मतदातासँग आग्रह समेत गर्नुभएको छ । उम्मेदवार साहको मतदाता भेटघाट कार्यक्रममा युवा बुद्धिजिबि महिला लगायतको सहभागिता रहेको थियो ।