म्हःपूजा र नेपाल सम्वतको अवसरमा वीरगन्जमा सामुदायिक भेला
वीरगन्ज, ९ कार्तिक । नेवार समुदायमा प्रचलित म्हःपूजा र नेपालको मौलिक सम्वत नेपाल सम्वतको अवसरमा वीरगन्जमा बुधबार सामुदायिक भेला सहितको ¥याली निकालिएको छ । सधैं नेवार समुदायले मात्रै मनाउने गरिएको म्हःपूजा र नेपाल सम्वत यसपटक भने सबै समुदायलाई सहभागी गराएर मनाईएको छ ।
नेवा द्यःदवु वीरगन्ज महानगरपालिकाको आयोजनामा बुधबार विभिन्न झाँकी सहितको र्याली निकालिएको छ । यसपटक नेवार समुदाय मात्रै नभई अन्य समुदायलाई आ–आफ्नो भेषभूषामा सहभागी गराएर नेवार म्हःपूजा र नेपाल सम्वत मनाईएको हो । चिल्ड्रेन पार्कमा भेला भएर निस्किएको र्याली मकालु होटल चोकबाट मुख्य सडकको माईस्थान, घण्टाघर हुदै फर्किएर वीर्ता स्थित शंखधर साख्वाः को शालिकमा माल्यापर्ण गरी सम्पन्न गरिएको छ ।
र्यालीमा नेवार, थारु, लगायतका आदिवासी समुदायले आ–आफ्नो पोशाक लगाएर सहभागी भएका थिए । चिल्ड्रेन पार्कमा भएको भेलामा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरी, प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदी, राप्रपाका उम्मेदवार किरण डंगोल,
प्रभु साह समूहका स्वतन्त्र उम्मेदवार संतोष श्रेष्ठ, प्रदेशसभा १ (२) का स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश इन्चार्ज नीरज पिठाकोटे,
पर्सा अध्यक्ष अजित भूजेल, कोषाध्यक्ष संतोष रञ्जितकार, सामाजिक अभियन्ता प्रकाश थारु, थारु मेलमिलाप परिवारका अध्यक्ष मनोज चौधरी लगायत विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।