आम जनता पार्टी बारा पर्सा रौतहट अगुवा कार्यकर्ता बैठक वीरगन्जमा सम्पन्न 

आम जनता पार्टी बारा पर्सा रौतहट अगुवा कार्यकर्ता बैठक वीरगन्जमा सम्पन्न 

वीरगन्ज, २४ भदौ । आम जनता पार्टी बारा, पर्सा रौतहट अगुवा कार्यकर्ता बैठक वीरगंजमा सम्पन्न भएको छ । बैठकले असोज ३ गते वीरगंजमा आम जनता र किसानलाई  सहुलियत ऋणको लागि  पर्दशन गर्ने निर्णय गरेको छ ।

आम जनता पार्टी मधेश प्रदेस अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा बसेको बैठले असोज ३ गते वीरगन्जमा प्रदर्शन गरी किसानको लागि सहुलियत ऋण उपलब्ध गराउन सरकारलाई दबाव दिने निर्णय गरेको हो ।

बैठकमा  ईन्जार्ज सुदिर यादव, श्रीचन मुखिया, प्रदेस सचिव ममता शर्मा लगायत प्रदेस कमिटि सदस्यहरुको सहभागीता रहेको थियो ।