प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ नभए दुईवटा प्रदेश हुने चेतावनी
काठमाडौं । प्रदेश नम्बर १ को नामाकरणका लागि अहिले दलहरुबीच छलफल तीब्र भएको छ । प्रदेश १ प्रदेशसभाले यसै अधिवेशनबाट नामाकरण गर्ने तयारी गरेको छ । साथै राजनीतिक दलहरुपनि घनिभूत छलफलमा जुटेका छन् । सबै राजनीतिक दल नामाकरणका लागि छलफलमा जुटेपनि सहज भने देखिएको छैन । सात प्रदेश मध्ये ६ वटा प्रदेशले नाम पाईसकेको छ । तर, प्रदेश १ को नामाकरण भने झनै जटिल अवस्थामा पुगेको छ ।
प्रदेश १ को भूराजनीतिक अवस्थिति सोचे जस्तो सहज भने छैन । लामो समयदेखि पहिचानका पक्षधर राजनीतिक दल संघर्षमा छन् । लिम्बुवान आन्दोलनका क्रममा दुईजनाले सहादत्त प्राप्त गरेका छन् । त्यसैगरी किरात पक्षधरको आन्दोलन जारी छ । यी शक्तिहरु पहिचानविहीन नाम कुनैपनि हालतमा स्वीकार्ने अवस्थामा छैनन् । त्यसैले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए कुनैपनि बेला अर्को विद्रोहको लागि तयार हुने विश्लेषण गरिएको छ ।
लिम्बुवान किरात संयुक्त संघर्ष समितिका घटकहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश १ को नाम लिम्बुवान किरात नै हुनुपर्ने माग राखेका छन् । नेकपा माओवादी केन्द्र सम्वद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबोले प्रदेश १ को नामाकरण निकै जटिल रहेको बताए । प्रदेससभाको पक्ष र विपक्षमा मतदान गरेर गणितले सहजै नामाकरण गर्न सकिने भएपनि समग्र लिम्बुवान किरातवासीको भावनालाई कुल्चेर अगाडि बढ्न भने त्यति सहज नभएको बताउनुभयो ।
नेकपा एमाले सम्वद्ध लोकतान्त्रिक लिम्बु संघका अध्यक्ष त्रिवेणी चोङवाङले भन्नुभयो, ‘मेरो पार्टीले पहिचानमा आधारित नाम स्वीकार्न सक्दैन । तर, हामी पार्टीको त्यो धाराणप्रति सहमत छैनौं । प्रदेश १ को नाम पहिचानमा आधारित लिम्बुवान किरात हुनुपर्छ भन्नेमा एमालेका पहिचान पक्षधर एक छौं । हामी चाहान्छौं, पार्टीले हाम्रो भावनामा आघात पु¥याउने काम नगरोस प्रदेश १ को नाम लिम्बुवान किरात नै हुनुपर्छ ।’
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता उत्तमसिंह थाङ्गदेनले पार्टी पहिचानको विपक्षमा उभिएको भन्दै विरोध जनाउनुभयो । आजसम्म भएका राजनीतिक आन्दोलनहरुको मर्मविपरीत लोकतान्त्रिक शक्ति कांग्रेसले पहिचानविपरीत नामको पक्षपोषण गर्नु ठीक नभएको उहाँको भनाई थियो । ‘लिम्बुवान किरात प्रदेश १ भूगोलको नाम हो । यसमा असहमति जनाउनुपर्ने कुनै कारण छैन । प्रदेश १ लाई कोशी, सगरमाथा जस्ता नामाकरण गर्ने चाहाना राख्ने शक्तिहरुले लिम्बुवान किरातका जनताको भावनामाथि आघात पुर्याउने कोशिस गरिरहेका छन् त्यो स्वीकार्य छैन ।’ उहाँले भन्नुभयो ।
जसपा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेशको नामाकरण गणितीय हिसाबले राख्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस एमालेले पहिचान विरोधी नाम राख्ने भए कांग्रेस एमाले प्रदेश राखोस, यसले हामीलाई थप आन्दोलनमा जान सहज हुन्छ । हामी निहुँ खोजीरहेका छौं कांग्रेस एमालेले बहुमतले पारित गरोस ।’ किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले प्रदेश १ को नाम लिम्बुवान किरात बाहेक अरु हुनै नसक्ने भएकाले राजनीतिक दलहरुले गरिरहेको प्रयासप्रति रोस प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, राजनीतिक दलहरुले जे गर्न खोजीरहेका छन् यसले द्वन्द्व निम्त्याउछ । यसले विद्रोहको बाध्यात्मक अवस्थासम्म पुर्याउन सक्छ । त्यसैले दलहरु सचेत हुन आवश्यक छ । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पहिचानको आधारमा प्रदेशको नामाकरण नगरिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, राज्यपक्षले आदिवासी जनजाति आन्दोलनसँग धेरैपटक पहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने सहमति गरेको छ । हामीसँग सहमति गर्ने दलहरु नै यतिखेर निर्णायक अवस्थामा छन् उनीहरुले सहमतिविपरीत पहिचानविहीन नामाकरणको तयारी गर्नु आदिवासी जनजाति आन्दोलनप्रति धोका हो । हामी स्वीकार्न सक्दैनौ । यसको सशक्त प्रतिरोध गर्छौ ।
नाकारणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलहरु पहिचान सुन्नै चाहदैनन् । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमाले कोशी, सगरमाथा लगायत नामाकरणमा जोडबल गरिरहेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र लिम्बुवान पक्षधर पार्टीहरु भने पहिचानकै आधारमा नामाकरण गर्ने पक्षमा छन् । तर, कांग्रेस एमाले सम्वद्ध भातृ संगठनहरु भने प्रदेश १ कोयसैबीच