वीरगन्ज आएर सिके राउतले सम्झिए बाबा रामजनम तिवारीलाई, अधिकार प्राप्तीको संघर्ष अझै जारी रहेको भनाई 

वीरगन्ज आएर सिके राउतले सम्झिए बाबा रामजनम तिवारीलाई, अधिकार प्राप्तीको संघर्ष अझै जारी रहेको भनाई 

वीरगन्ज, २७ जेठ । जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले अझै अधिकार प्राप्तीको संघर्ष जारी रहेको बताउनु भएको छ । वीरगन्जमा पार्टीले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा जनमतका अध्यक्ष डा. राउतले वीरगन्जका पूराना मधेसवादी नेता बाबा राजनम तिवारीलाई समेत सम्झिनुभएको छ ।

उहाँले नागरिकता प्राप्तीको लागि रामजनम तिवारी र गजेन्द्र नारायण सिंहले नै आवाज उठाउदै आएको बताउदै त्यसपछिका मधेसी नेताहरुले मधेसी जनतालाई भ्रममा राखेर सत्तामा पुग्ने माध्यममात्रै बनाएको आरोप लगाउनुभयो । मधेसी जनताको अधिकार प्राप्तिको संघर्ष अझै बाँकी रहेको उहाँको जिकिर छ ।

जनमत पार्टीका पर्सा इन्चार्ज माधव सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पूर्वमन्त्री, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य लगायत जनमतमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा संविधानसभा सदस्य एवं पूर्व मन्त्री करिमा वेगम, पूर्व प्रदेशसभा सदस्य प्रल्हाद गिरी, लोसपाका केन्द्रीय सदस्य शशिकपुर मियाँ लगायतका नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सर्राफले जानकारी दिनुभयो ।