बाराको दुईक्षेत्रमा एमालेको कब्जा, १ मा मैनाली र ३ मा साह विजयी
वीरगन्ज, ९ मंसिर । प्रतिनिधिसभातर्फ बाराको दुईवटा क्षेत्र एमालेले कब्जा गरेको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका बहालवाला मन्त्री नेपाली कांग्रेसका सहमामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै नेकपा एमालेका अच्युत मैनाली विजयी हुनुभएको छ । मैनालीले ३९ हजार १९५ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत मात्रै पाउनु भएको छ । त्यस्तै बाराको क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी ज्वाला कुमार साह विजयी हुनुभएको छ । बारा क्षेत्र नं. ३ को पछिल्लो परिणाम अनुसार नेकपा एमालेकी नेत्रृ ज्वाला कुमारी साहले २० हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो ।
भने उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका रामबाबु कुमार यादवले १७ हजार २६९ मत मात्रै पाउनु भएको छ । ज्वाला साह २ हजार ९८२ मतान्तरले विजयी हुनुभएको हो । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार लोसपाका नेता लालाबाबु सिंह तेस्रो स्थानमा मात्रै सीमित हुनुभयो । बाराको क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा जसपाका सरोज कुमार यादव १५ हजार ९२७ ल्याएर विजयी हुनुभएको छ ।
नेपाली काँग्रेसका नागेन्द्र साह कानुलाई पराजित गर्दै जसपाका यादव विजयी हुनुभएको हो । नागेन्द्र साहले ११ हजार ४० मत पाउनु भएको छ ।