योगेश भट्टराईको नेतृत्वमाथि प्रश्न : एमाले विभाजन कसले र के का लागि गर्दैछ ? 

योगेश भट्टराईको नेतृत्वमाथि प्रश्न : एमाले विभाजन कसले र के का लागि गर्दैछ ? 

वीरगन्ज, २६ जेठ । नेकपा एमालेका स्थायी कमिटि सदस्य योगेश भट्टराईले पार्टी विभाजनको मूल जड नेतृत्वलाई देखाउदै कसले र के का लागि गर्दैछ ? भनेर प्रश्न गर्नुभएको छ । सामाजिक सञ्जालमा नेता भट्टराईले पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपाल दुवैजनाले लिएको बाटोका कारणले पार्टी एकतामा समस्या भएको लेख्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘एमालेको एकताको मुल जड ?  कमरेड केपी ओली आफ्नै पार्टीका बरष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।  कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।  कस्ले, किन  र के कालागि गर्दैछ यो सब ? 
एमाले एकताको समस्याको मुल जड यहिं छ । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।’

नेता भट्टराईले दुवै नेताले एकताको लागि भन्दापनि अन्य विचार भएका दलहरुसँगको सहकार्य नै एमाले पार्टी एकताको मूल समस्याको जड भएको बताउनु भएको छ ।