पर्सागढीमा वाईसियलको कमिटि गठन
वीरगन्ज, १ बैशाख । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ वर्वामा नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) को कमिटि गठन गरिएको छ ।
नयाँबर्षको दिन शुक्रबार भएको भेलाले भुलन रामको अध्यक्षतामा १३ सदस्यीय वाईसियल कमिटि गठन गरेको हो । पार्टीको पालिका अध्यक्ष मुखदेव यादवको अध्यक्षता तथा वाईसियल पर्सा जिल्ला संयोजक दीपेन्द्र सिंह पटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वाईसियलको कमिटि गठन गरिएको हो ।
कमिटि गठनपछि अब वाईसियलेले जनतासँग जोडिएका मुद्दाहरुमा काम गर्ने र दलित समुदायमा हुने विभेद, छुवाछुत लगायतका घटनाका डटेर लड्ने पनि वाईसियल संयोजक पटेलले बताउनुभयो ।