ओली नेतृत्वमा दुई भाग्यमानी मन्त्री दम्पत्ति

ओली नेतृत्वमा दुई भाग्यमानी मन्त्री दम्पत्ति

वीरगन्ज, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद सुरक्षित राख्न गरेको मन्त्री परिषद हेरफेरमा एमालेका दुई दम्पत्तीलाई भने अवसर बनेको छ । प्रधानमन्त्री  केपी शर्मा ओलीकै नेतृत्वमा यसअघि कानून मन्त्री बन्नु भएका शेर बहादुर तामाङ बंगलादेशमा पढ्न गएका विद्यार्थीहरुको विषयमा दिएको अभिव्यक्तिले राजिनामा दिनु परेको थियो । 

पछि उहाँकी श्रीमती प्रदेशसभा सदस्य उषाकला राईलाई मन्त्री बनाउने भएपछि फेरी ओली क्याम्पमा फर्किनु भएको थियो । लगक्तै उहाँले नेकपा एमालेको पार्टी कार्यालय सचिवको  जिम्मेवारी सम्हाल्नु भयो । अहिले ओलीले पुर्नगठन गर्नुभएको मन्त्री मण्डलमाई तामाङलाई स्वास्थ्य मन्त्री बनाईएको छ । उहाँकी श्रीमती राई अहिले प्रदेश १ को सामाजिक विकास मन्त्री हुनुहुन्छ । त्यस्तै एमालेका अर्का भाग्यमानी दम्पत्ति हुन रघुविर महासेठ र जुली कुमारी महतो ।

दुवैजना आलोपालो मन्त्री बन्नुभएको छ । ओली नेतृत्वमा यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका रघुबिर महासेठ हटेपछि उहाँकी श्रीमती जुली कुमार महतो महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुनुहुन्थ्यो । अहिले फेरी जुली कुमारी महतो हटेपछि रघुबिर महासेठ उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्रीमा नियुक्त हुनु भएको छ । नेकपा एमालेमा दुईलाई संघर्ष बढीरहेको बेला एमालेमा लागेका यी दुई दम्पत्तीहरुलाई भने ओलीको नेतृत्वमा मन्त्री पद पाउने अवसर मिलेको छ ।