जसपा नेपाल पर्साद्वारा भातृ संगठनहरुसँग छलफल
वीरगन्ज, १३ साउन । जनता समाजवादी पार्टी नेपाल पर्साले जिल्ला स्थित भातृसंगठन तथा शुभेच्छुक संस्थाको अध्यक्षहरुसँग छलफल गरेको छ । पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय नजिकै रहेको पार्टी कार्यालयमा छलफल सम्पन्न गरेको हो ।
पार्टीका भातृसंगठनका गतिविधि, पुर्नगठ्न तथा बैठक सम्बन्धमा बिस्तृत छलफल गरेको जिल्ला सचिव तवरेज अहमदले जानकारी दिनुभयो । साउन महिना भित्र नै सबै भातृ संगठनहरुको समितिहरु गठन, पुनर्गठन तथा बैठक गरि सक्ने निर्णय भएको अहमदले बताउनुभयो ।
बैठकमा समाजवादी बिद्यार्थी युनियनका अध्यक्ष एजाज बाबू राँकी, समाजवादी युवा संघका अध्यक्ष गौरब बर्मा, समाजवादी दलित महासंघ अध्यक्ष नरेन्द्र हजरा, समाजवादी मुस्लिम संघका अध्यक्ष सलिम मियाँ अन्सारी, समाजवादी शिक्षक युनियनका अध्यक्ष हरेन्द्र चौरसिया लगायतको उपस्थिति रहेको थियो ।