गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारकै प्रतिस्पर्धामा राप्रपाका डंगोल 

गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारकै प्रतिस्पर्धामा राप्रपाका डंगोल 

वीरगन्ज । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट राप्रपाका उम्मेदवार किरण डंगोल दुईवटा गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मदवार अजय द्विवेदीकै प्रतिस्पर्धामा रहनुभएको छ । 

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार लक्ष्मणलाल कर्ण, एमाले जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजय द्विवेदीसँगै राप्रपाका उम्मेदवार किरणमान डंगोल पनि प्रतिस्पर्धामा हुनुहुन्छ । 

चारैजना उम्मेदवार मध्य डंगोल पनि राजनीतिक क्षेत्रमा लागेको पूराना नेता हुनुहुन्छ । कृष्ण प्रसाद भट्टराईकै पालादेखि नेपाली कांग्रेसमा लाग्नुभएका डंगोल नेता मात्रै होईन उहाँ गीतसंगीत र खेलकुद क्षेत्रमा पनि उक्तिकै दख्खल राख्ने व्यक्ति हुनुहुन्छ ।

पञ्चायतको समयमा नेपालमा कराँते खेल नेपालमा प्रतिबन्ध रहेको अवस्थामा पनि भारतको रक्सोलसम्म पुगेर खेल खेल्ने र खेलाउने गर्नुभएका डंगोलले धेरै गीतहरुमा पनि संगीत सृजना गर्नुभएको छ । 

वीरगन्जबाटै सांगितिक क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका कलाकारहरु, प्रकाश श्रेष्ठ, मधु क्षेत्री लगायतका कलाकारहरु उहाँका त्यतिखेरका सहयात्रीहरु हुनुहुन्छ । नेपाली कांग्रेस प्रभावशाली नेता रमेश रिजाल भन्दा पहिले जिल्ला कार्यसमितिमा रहेर काम गर्नुभएका डंगोलका पूराना कांग्रेस नेताहरुको सहानुभूति र सदभावले पनि थप बल पुर्‍याएको छ । 

झण्डै एकबर्ष पहिले नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गर्नुभएका डंगोल अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नुभएको छ । मंसिर ४ गते हुने निर्वाचनमा उहाँलाई राप्रपाले मात्रै होईन हिन्दुवादी संघ संस्था र समुदायको पनि उत्तिकै साथ र सहयोग पाउनेमा निश्चिन्त हुनुहुन्छ । 

लक्ष्मणलाल कर्ण, अजय द्विवेदी र किरण डंगोल बौद्धिकताको हिसाबलेपनि उत्तिकै विज्ञता भएका उम्मदवारहरु हुन् । त्यसलैले पनि आउने निर्वाचनमा पर्साको विकास र समृद्धिको लागि पर्सा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले बौद्धिक नेताहरु मध्य कुनै एकलाई छान्नुपर्ने विकल्प रहेको छ । 

 डंगोलको उम्मेदवारीले पर्सा क्षेत्र नम्बर १ का मतदाताहरुमा थप उत्साह थपिएको छ । अहिलेसम्मका उम्मेदवारहरु मध्य नयाँ अनुहार भएकाले पनि मतदाताको रोजाईमा आफूलाई मतदाताको विकल्पको रुपमा अगाडि आएको डंगोलको भनाई छ । 

नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग गर्दै आएकाहरुका लागि, राजसंस्था पुर्नस्थापनाको माग गरेकाहरुका लागि साथै सामाजिक सदभाव कायम राख्नेहरुका लागि पनि आफूले उम्मेदवारी दिएकोले मत पाउनेमा डंगोल विश्वस्त हुनुहुन्छ । 

राप्रपा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले शनिबार मात्रै वीरगन्जको प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिर अगाडि नै पत्रकार सम्मेलन गरेर कसम खाएर जनताको चाहाना र सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । राप्रपा नेतृत्वमा राजेन्द्र लिङ्गदेनको आगमनपछि र पर्सामा डंगोलको प्रवेशले राप्रपाको संगठन पनि बलियो बन्दै गएको छ ।

त्यसैले पनि आगामी निर्वाचनमा दुईगठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारसँगै आपूmलाई प्रतिस्पर्धी उम्मेदवारको रुपमा अगाडि रहेको डंगोलको दावी छ ।