गृहमन्त्री नारायणकाजी श्रेष्ठ भोली वीरगन्ज आउने
वीरगन्ज, ९ भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ आईतबार वीरगन्ज आउनु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न तथा कार्यकर्तालाई प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमका लागि गृहमन्त्री श्रेष्ठ आईतबार (भोली) वीरगन्ज आउन लाग्नु भएको हो ।
गृहमन्त्री श्रेष्ठ भोली बिहान ६ः३० बजे सिमरा विमान स्थलमा अवतरण गर्ने र विहान साढे ८ बजे जिल्ला प्रशासन कार्यालाय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भवन उद्घाटन कार्यक्रमपछि गृहमन्त्री श्रेष्ठको जिल्ला स्थित सुरक्षा अधिकारीहरुसँग बैठक रहेको छ ।
त्यसपछि गृहमन्त्री श्रेष्ठ वीरगन्जको नगरसभा गृह (टाउन हल)मा पार्टीले आयोजना गर्ने प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरस कुशवाहाले बताउनुभयो । भोली वीरगन्जमा हुने कार्यक्रममा सहभागी हुन गृहमन्त्री श्रेष्ठ वीरगन्ज आउने निश्चित भएको कुशवाहाले जानकारी दिनुभयो ।