स्थानीय प्रशासनको कर्फ्यु जारीपछि धरान सुनसान 

स्थानीय प्रशासनको कर्फ्यु जारीपछि धरान सुनसान 

वीरगन्ज, ९ भदौ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाले धरान बजार सुनसान देखिएको छ । धरामा साम्प्रदायिक सदभाव भड्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति १२ बजेदेखि नै लागू हुने गरी २४ घण्टे निषेधादेश जारी गरे छ ।

निषेधाज्ञा जारी गरेपछि धरानको मुख्य बजार सुनसान देखिएको हो । धरान उपमहानगरपालिका क्षेत्र धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई  मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम गए राति १२ बजेदेखि आज राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सबै आयोजनाका लागि निषेधादेश जारी भएको छ ।

धरान प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको छ । गोरु काटेर मासु खाएको सामाजिक सञ्जालमाई भाईरल भएको र उपमहानगर प्रमुख हर्क साङपाङले मन्दिर अगाडि नै चर्च बनाउन दिएको विषयलाई लिएर हिन्दवासी संघ संस्थाहरुले विरोध गर्दै आएका छन् ।

उनीहरुले शनिबार ¥याली निकाल्ने तयारी गरेको र अर्को पक्षले पनि प्रतिकार गर्ने तयार गरेपछि स्थानीय प्रशासनले द्वन्द्व हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कफ्र्यु आदेश जारी गरेको हो ।