रेवन्त झाको माधव नेपाललाई साथ, नेकपा एसमा प्रवेश
वीरगन्ज, १० कार्तिक । रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा माधव नेपाललाई निर्वाचन थप सहज बन्दै गएको छ । असोज २३ गते प्रतिनिधिसभा सदस्य पदको स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराउनु भएका रेवन्त झाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएसँगै नेपाललाई अझ सहज बनेको हो ।
बुधबारराति माधव नेपाललाई साथ दिने भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएको छ । उहाँले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताउदै अब माधव नेपाललाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादीमा प्रवेश पनि गर्नुभएको छ ।