भोजपुरी चलचित्र ‘मेण्टल आशिक’ आजदेखि नेपालका सिनेमा हलहरुमा प्रदर्शन हुदै 

भोजपुरी चलचित्र ‘मेण्टल आशिक’ आजदेखि नेपालका सिनेमा हलहरुमा प्रदर्शन हुदै 

वीरगन्ज, १ पुस । भोजपुरी चलचित्र ‘मेण्टल आशिक’ आजदेखि नेपालका हलहरुमा प्रदर्शन हुदैछ । पहिलो पटक काठमाडौंका हलहरुमा पनि भोजपुरी फिल्म ‘मेण्टल आशिक’ आजबाट प्रदर्शनीमा आउने भएको हो ।

चलचित्र निर्माण पक्षले पत्रकार सम्मेलको आयोजना गरेर चलचित्र प्रदर्शन हुने जानकारी दिएको हो । नेपालको विभिन्न स्थान र भारतको विहार तथा उत्तरप्रदेशमा समेत छायांकन गरिएको चलचित्रमा नायक सावन कुमार र नायिका अश्विनी शाहीको मुख्य भूमिका रहेको छ ।

नेपालमा आजदेखि प्रदर्शन हुन लागेको चलचित्र भारतमा भने २३ तारिक पुष ८ गतेदेखि भारतका सिनेमा हलहरुमा प्रदर्शन हुने नायवक सावन कुमारले बताउनुभयो । द्वन्द्व, हास्यव्यंग्य र प्रेम कथा रहेको चलचित्रको नेपालमा भने छवि ओझाको एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

आज काठमाडौंको चारवटा हलमा चलचित्र प्रदर्शन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । भोजपुरी भाषाको चलचित्रमा अश्लीलता बढ्दै गएर बदनाम भएपछि यसको परिवर्तनका लागि यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्नेमा कलाकारहरुले विश्वास लिएका छन् ।

१ करोड ६० लाखको लागतमा निर्माण गरिएको चलचित्रमा नेपाली चलचित्रका चर्चित कलाकार नन्दु श्रीवास्तव, टिकटक स्टर प्रिती पासवान र फोटोग्राफर तथा कलाकार मुन्ना सर्राफले पनि भूमिका रहेको चलचित्रका सहनिर्माता अशोक जयसवालले बताउनुभयो ।

काठमाडौंकी वासिन्दा नायिका अश्विनी शाहीको यो पहिलो डेब्यु चलचित्र हो । कथावस्तु मन परेर आफूले फिल्मा खेल्न सहमत भएको बताउनुभयो । भाषामा समस्या भएपनि कथावस्तु मन परेपछि सहज भएको नायिका शाहीको प्रतिक्रिया छ ।

१० वटा भन्दा बढी म्युजिक भिडियोहरुमा खेलीसक्नुभएका नायिका शाहीले चलचित्रले सफलता  पाउनेमा आशावादी रहेको बताउनुभयो । त्यसको लागि दर्शकहरुको साथ र माया भने आवश्यक रहेको बताउनुभयो ।