चलचित्र सम्बन्धित गतिविधिलाई गतिशिल बनाउने चलचित्र पत्रकार संघ पर्साको निर्णय  

चलचित्र सम्बन्धित गतिविधिलाई गतिशिल बनाउने चलचित्र पत्रकार संघ पर्साको निर्णय  

वीरगञ्ज, ३ असोज । राष्ट्रिय चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखाको बैठक आइतवार संघकी पर्सा शाखा अध्यक्ष निलिमा पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा बसेको बैठकले संघका गतिविधिलाई चलायमान बनाउने निर्णय गरेको छ । संघ गठन भएपश्चात कोरोना भाइरको महामारीका कारण गर्न नसकिएका विभिन्न कार्यक्रमहरुलाई अब निरन्तरता दिने निर्णय भएको संघका उपाध्यक्ष विवेक कर्णले जानकारी दिनुभयो ।

बैठकले यही असोज महिनामा वीरगञ्जमा सञ्चालित हलका सञ्चालक, वीरगञ्जका चलचित्र निर्माता, कलाकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

वीरगञ्जमा चलचित्रको विगत, वर्तमान र भविष्यको बारेमा समिक्षा गर्ने चलचित्रको क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्दै अवसरको सदुपयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको संघका सचिव सूर्यनारायण विकले बताउनुभयो ।

त्यसैगरी बैठकले संघको सदस्यता शुल्क संकलन गर्ने र बैंक खाता सञ्चालन गर्ने समेत निर्णय गरेको छ । बैठकमा कोषाध्यक्ष समिना रञ्जितकार, सदस्यहरु शम्भु कुमार सुमन, रन्जित यादव लगायतको उपस्थिति रहेको थियो ।