संविधान दिवसको दिन, संविधान खारेजको माग 

संविधान दिवसको दिन, संविधान खारेजको माग 

वीरगन्ज, ३ असोज । आईतबार देशभर संविधान दिवसको कार्यक्रमहरु भईरहेको थियो । तर, वीरगन्जमा नागरिक समाजको नाममा संविधानको खारेजीको माग गर्दै विरोध र्‍याली निकालेका छन् ।

नागरिक समाज पर्सा, बाराको व्यानरमा नेपालको संविधान २०७२ को खारेजीको माग गर्दै विरोध र्‍याली निकालेका हुन् ।

नागरिक राजकिशोर चौवेको नेतृत्वमा नागरिक समाजको नाममा सहभागी भएकाहरुले वीरगन्जको सम्झना होटलदेखि घण्टाघरसम्म राजसंस्थाको समर्थनमा नारा लगाउदै संविधानको विरोध गरेका हुन् ।

र्‍याली वीरगन्जको घण्टाघरमा पुगेर कोणसभा आयोजना गरि सम्पन्न भएको थियो ।