नेपाल पत्रकार महासंघ पर्साद्वारा विभिन्न निर्णय

नेपाल पत्रकार महासंघ पर्साद्वारा विभिन्न निर्णय

वीरगन्ज, १६ फागुन । नेपाल पत्रकार महासंघ पर्साले  पत्रकारिताको ७ दशक ( ७० वर्ष ) लाई समेटेर स्मारिका  प्रकाशन गर्ने निर्णय गरेको छ । ७० वर्षमा पर्साको पत्रकारिताको विगत र वर्तमानलाई दर्शाउने उदेश्यले स्मारिका प्रकाशन गर्ने आज सम्पन्न नेपाल पत्रकार महासंघ पर्साको बैठकले निर्णय गरेको हाे ।

यस्कालागि पूर्व अध्यक्ष सत्रुधन नेपालको संयोजकत्वमा महेश दास, महेश गौतम, युवराज खड्का, भूषण यादव रहेको प्रकाशन समिती गठन गरेको छ । समितिको सल्लाहकारमा बरिस्ठ पत्रकार जगदिश शर्मा, शंकर खतिवडा, गया यादव, चन्द्रकिशोर झा रहनु भएको छ ।

यसैगरि महासंघको भौतिक निर्माण कार्य प्रगतिमा रहनुको साथै आम संचारकर्मीको क्षमता अभिबृद्धिको लागि चैतको पहलो सातामा चितवनको सौराहा तीन दिने आवासीय तालिम संचालन गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष युवराज खड्काले बताउनुभयाे ।

यस्तै दिवंगत भएका शाखाका कार्यसमिति सदस्य नरेश सर्राफको स्मृतिमा स्थापना भएको अक्षय कोषको खाता नबिल बैंकको पावर हाउस शाखामा खाेलिएकाे र पूर्वनिर्णय  अनुसारको १ लाख ५१ हजार रकम जम्मा गर्ने निर्णय भएको उपाध्यक्ष खड्काले बताउनुभयाे ।