नारायणी बयोधा अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु 

नारायणी बयोधा अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु 

वीरगन्ज, ७ बैशाख । वीरगन्जको नारायणी बयोधा अस्पतालमा भर्ना गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीका ५७ बर्षीय पुरुषको वीरगन्जको नारायणी बयोधा अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा चैत २९ गते कोरोना पुष्टि भएपछि उहाँलाई उपचारका लागि नारायणी बयोधा अस्पतालमा सोही दिन भर्ना गरिएको हो । मुटुको समस्या रहेका उहाँको नारायणी बयोधा अस्पतालमा उपचाररत उहाँको

सोमबार पौने १ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।  उहाँ बिरामी हुनुभन्दा अघि भारतबाट आएको यात्रा विवरणमा देखिएको डाक्टर दासले बताउनुभयो ।