२०% वेड तयारी राख्न वीरगन्ज महानगरपालिकाको निजी अस्पताललाई निर्देशन 

२०% वेड तयारी राख्न वीरगन्ज महानगरपालिकाको निजी अस्पताललाई निर्देशन 

ट्रिब्यून न्युज 
वीरगन्ज, ३१ चैत । यसैबीच वीरगन्ज महानगरपालिकाले नगरभित्र सञ्चालित सबै निजि अस्पतालहरुलाई कोरोना सङ्क्रमितको उपचारका लागि बेड छुट्याउँन निर्देशन दिएको छ । महानगरपालिका कार्यालयले हिजो एउटा सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित सबै निजि क्षेत्रका अस्पतालहरुलाई कम्तिमा कुल बेड सङ्ख्याको २० प्रतिसत बेड कोरोना सङ्क्रमितहरुको उपचारका लागी छुट्याउँन निर्देशन दिएको हो ।

कोरोना भाइरसको दोस्रो लहर नेपाल प्रवेश गर्न सक्ने अनुमान लगाउँदै पूर्व तयारी अनुरुप जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को हिजो  बसेको बैठकले गरेको निर्णय अनुरुप महानगरपालिकाले निजि अस्पताललाई निर्देशन दिएको छ । डीसीसीएमसीको बैठकले भारतबाट नेपाल प्रवेश गर्न मूख्य केन्द्रहरुमा स्वास्थ्य प्ररिक्षण गरेर मात्रै प्रवेश गर्न दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सिमानाकाहरुमा अहिले हेल्थ डेस्क स्थापना गरेर नेपाल भित्रिने मान्छेहरुको स्वास्थ्य परिक्षण गरिंदै छ । बैठकले एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन् नदिने र राती ९ बजे पछि बजार बन्द गर्ने निर्णय गरेपनि त्यसको पालना भने भएको देखिंदैन ।