वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीद्वारा साईकल वितरण
वीरगन्ज २५ असार । वीरगन्ज महानगरपालिकाका नरण प्रमुख विजय कुमार सरावगीले महानगरक्षेत्रका छात्राहरुलाई साईकल वितरण गर्नुभएको छ । महानगरपालिकाको अनुदान सहयोगमा वडा नम्बर १८ नेरामावि भवानीपुरका गरिब, जेहेन्दार, दलित ३५ जना छात्राहरुलाई नगरप्रमुख बिजय कुमार सरावगीले साईकल हस्तान्तरण गर्नुभयो ।
साईकल वितरण गरिसकेपछि नगर प्रमुख सरावगीले बालिका शिक्षामा मधेस कमजोर रहेकोले पछिल्लो समयमा बालिकाहरुलाई विद्यालयमा पहुँच सहज बनाउन महानगरपालिकाले पनि साईकल वितरण गरेको हो । विद्यालयका प्रधानाध्यापक हरिमाधव यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सरावगी सहित विशिष्ट अतिथि ब्रहमदेव कुर्मी लगायतको उपस्थिति रहेको थियो ।