६ महिनामा पर्सामा ५९ वटा मानवअधिकार उल्लंघनका घटना
वीरगन्ज, ३० असार । पर्सा जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा मानव अधिकार उल्लंघनका ५९ वटा घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्साले हिजो वीरगन्जमा आयोजना गरेको नेपाल माधवअधिकार बर्ष पुस्तक २०२२ को अर्ध बार्षिक पूर्व समीक्षा गोष्ठीमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो ।
इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले पर्सामा पुस १५ गते देखि असार १५ गते गतेसम्म बिभिन्न ५९ वटा मानव अधिकार उल्लंघनका घटना भएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्सामा जवरजस्ती करणीका १८ वटा, जर्वजस्ती करणी उधोगका चार वटा, कर्तब्य ज्यानका १० वटा, जन सम्बन्धी कसुरका २५ वटा, बालविवाहका दुई वटा, अप्राकृतिक मैथुनको एक वटा, गर्भसंरक्षण बिरुद्धको कसुरको एक वटा ,बोक्सी आरोपको एक वटा ,मानव बेचबिखनको एक तथा मेडिकल संचालक माथिको आक्रमण एक र बाल यौंन दुब्र्यवहारको घटना तीन गरी ५९ वटा घटना भएको हो ।
मानव अधिकार निगरानी समूह पर्साका संयोजक तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान,प्रेस काउन्सीलका सदस्य लालबावु शेष, पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जरा,जिल्ला अध्यक्ष अनुप तिवारी,पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाँण्डे, नेपाली काँग्रेसका सचिव श्याम पेटल,एमालेका नेता प्रभु हजरा लगायतले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम शिवनाथ यादवको सहजिकरणमा सम्पन्न भएको हो ।