छुट्टाछुट्टै स्थानमा भएको आकस्मिक रक्तदानमा १२ महिला सहित १३३ जनाले गरे रक्तदान
वीरगन्ज, २९ जेठ । वीरगन्जको दुई स्थानमा भएको आकस्मिक रक्तदानमा १२ महिला सहित १३३ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल पर्साको आयोजनामा आवाज एफएम परिसरमा भएको आकस्मिक रक्तदान कार्यक्रममा १ महिला सहित ८१ जना र वीरगंज युवा समाजको आयोजनामा रक्त सन्चार केन्द्र परिसरमा भएको रक्तदान कार्यक्रममा ११ महिला सहित ५२ जनाले रत्तदान गरेका हुन् ।
वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगर पालिकाका मेयर बिजय कुमार सरावगी, बिशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नेपाल चिकित्सक संघका केन्द्रिय सहसचिव डा. निरज सिंह, लगायत रहेका थिए ।
रक्तदान गर्नु हुनेमा डा. निरज सिंह, डा. सुनिल यादव, हेमन्त तामाङ, सन्जिव थापा, अर्जुन गुप्ता, सुरजमान श्रेष्ठ, दिवश सिंह ठकुरी, सरोज गुरुङ, करण सिंह , प्रिती सिंह राजपुत, अमरनाथ साह, रुबि साह, कोमल साह, प्रिया साह, अशोक चौधरी कलवार, ममता जैसवाल, बिचजत सोनी, विवेक गजुरेल लगायतक रहेका छन् ।
त्यस्तै राष्ट्रिय युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रमको अध्यक्षता संघका पर्सा अध्यक्ष महमद निजामुदिनले गर्नु भएको थियो कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य एवं नेकपा एमालेका नेता राजकुमार गुप्ताले उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा अनुस्का शर्मा , राकेश कुमार साह , आनन्द पटेल , देव कुमार सरार्फ,राम प्रकाश सरार्फ , राजकुमार साह , दिनेश मिश्रा , कुर्वान शेख , बिराज यादव , नरेश यादव लगायतकाले रक्तदान गरेका थिए ।