नेकपा ‘एस’ र विश्व मैत्री संघको शुभकामना आदान प्रदान कार्यक्रम
वीरगन्ज, १३ कार्तिक । नेकपा एकीकृत समाजवादी पार्टी वीरगन्ज महानगर कमिटिले आज शुभकामना आदान प्रदानको आयोजना गरेको छ । दशैं, तिहार, नेपाल सम्वत र छठपर्वको अवसरमा आज एकीकृत समाजवादी पार्टी वीरगन्ज महानगर कमिटिले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।
पद्यमा पार्टी सेण्टरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नेपालमा मनाईने सबै धर्म संस्कृतीले समाजमा सदभाव कायम रहने र आत्मीयता पनि रहीरहने बताउनु भएको छ । उहाँले सबै जातजाती, धर्म र समुदायको बसोवास रहेको नेपालमा धार्मिक र सांस्कृतिक पर्वहरुले एकआपसको भाईचाराको सम्बन्ध राख्न मद्दत पुग्ने बताउनुभयो ।
एकीकृत समाजवादी पार्टीका सचिव नागेन्द्र चौधरीले सामाजिक, सांस्कृतिक सदभावले नै राजनीतिमा देखिने द्वेषहरुको अन्त्य गर्न सहयोग पुग्ने बताउनुभयो । एकीकृत समाजवादी पार्टीका महानगर कमिटि अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य रामचन्द्र साह, केन्द्रीय सदस्य चिरञ्जिवी आचार्य, पर्सा अध्यक्ष बालगोपाल थापा,
वीरगन्ज उद्योग वाणिज्य महासंघका प्रदेश २ अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, पूर्व अध्यक्ष अशोक टेमानी, नेकपा माओवादी केन्द्रका महानगर इन्चार्ज बाबुराम कौशिक, प्रदेश कमिटि सदस्य रामबाबु बैठा, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेता रामनारायण कुर्मी,
लोकतान्त्रिक समाजवादी पार्टीका पर्सा अध्यक्ष पुरुषोत्तम झा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल भारत विश्व मैत्री संघले पनि शुभकामना आदान प्रदान
यस्तै नेपाल भारत विश्व मैत्री संघले पनि तिहार, नेपाल सम्वत र छठको अवसरमा शुभकामना आदान प्रदानको आयोजना गरेको घ । संघका अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का उर्जा विकास तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले वडादशैं, तिहार, नेपाल सम्वतको अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सहरुम राउत गद्दी, मिन्टु सिंह, रेखा साह लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।