लायन्स क्लब अफ वीरगन्जको आयोजनामा पिस पोष्टर कन्टेष्ट सम्पन्न 

लायन्स क्लब अफ वीरगन्जको आयोजनामा पिस पोष्टर कन्टेष्ट सम्पन्न 

वीरगन्ज, १३ कार्तिक । लायन्स क्लब अफ वीरगन्जको आयोजनामा लायन्स सर्विस सेंटरमा लायन्स इन्टरनेशनल पिस पोष्टर कन्टेष्ट सम्पन्न भऐक छ । क्लबका अध्यक्ष छेडुप लामाको  सभापतित्व र पीएमसीसी रमेश अग्रवालज्यूको  प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो  ।

लायन्स क्लब इन्टरनेशनलले ७५ भन्दा बढी देशहरूमा ६ लख भन्दा बढी प्रतियोगीहरुलाई सहभागी गराएर प्रत्येक वर्ष १३ वर्ष मुनिका  बालबालिकाकालाई  हरेक वर्ष अलग शीर्षकमा पीस पोष्टर कन्टेष्ट प्रतियोगिताको आयोजना गर्दै आएको यसवर्ष पनि ‘हामी सबै जोडिएका छौ’" शीर्षकमा पीस पोष्टर को लायन्स क्लब अफ बिरगंजले पनि यो कार्यक्रमलाई निरन्तरता दिइदै  आई रहेको छ अध्यक्ष लामाले बताउनुभयो ।

शुक्रबार भएको प्रतियोगितामा १४ वटा स्कूलको २८ जना भाई बहिनीहरूले सहभागीता जनाएको थियो । उक्त प्रतियोगितामा  विजेता एस. आर. ग्यालेक्सी स्कुलका विद्यार्थी दिवस चौधरी भएका छन् ।

भने उप विजेता साउथ जोन स्कूलकी मोनिका कुशवाह, पहिलो उपविजेता अनुभव राज साह, सान्त्त्वनामा जिएचपी स्कुलका अरमान आलम  र  गौतम माविकी पूर्णिका यादवले पाउनु भएको छ । प्रथम, दुतिया, तृतीय र दुईजनालाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य ज़ोन चेरपर्सन लायन बलराम श्रेस्ठ र सहजीकरण क्लबका सचिव पप्पू श्रीवास्तवले गर्नु भएको थियो ।

कार्यक्रममा लायनहरु उमेश साह,  बलराम श्रेस्ठ, विनीत जयसवाल,  बिजय गुप्ता, नेशनल प्याब्सनका ज़िल्ला अध्यक्ष रामराज श्रेष्ठ, अभिभावक संघ नेपाल पर्साका अध्यक्ष अमर गौतम, बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाईज्यू, ऑनरेरी लियो डिस्ट्रिक्ट प्रेसिडेंट अड्वाइज़र लियो सरिता खड़गी र विभिन्न विद्यलयका शिक्षक र विद्यार्थी को उपस्थिति रहेको थियो ।