रेडक्रस सोसाईटी पर्साद्वारा घण्टाघरमा मास्क वितरण 

रेडक्रस सोसाईटी पर्साद्वारा घण्टाघरमा मास्क वितरण 

शिवनाथ यादव 
वीरगन्ज, ५ बैशाख । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले आईतबार वीरगंजको घण्टाघरमा एक हजार मास्क वितरण गरेको छ । वीरगंजमा कोरोना फैलिरहेको अवस्थामा आम मानिसलाई सचेत गराउन एक हजार मास्क तथा कोरोना रोकथाम उपाय सम्बन्धि पम्पलेट वितरण गरिएको रेडक्रस पर्सा शाखाका मन्त्री शैलेन्द चौरसियाले जानकारी दिनुभयो ।

केही समय यता वीरगंजमा दिनहुँ कोरोना संक्रमितको संख्या बढीरहेको छ । तर, बजारमा मास्क नलगाई हिड्नेको संख्या उतिकै रहेकोले आम मानिसमा सन्देश जाओस भनेर पम्पलेटसंग मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति बीरेन्द्रराज कडेंलले बताउनु भयो ।


मास्क तथा पम्पलेट वितरण गर्दै अहिलेको अवस्थामा सकेसम्म बाहिर ननिस्कने, निस्कनै परेमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने तथा समय समयमा साबुन पानीले हात धुन आग्रह समेत गरिएको कडेंलले बताउनु भयो । मास्क वितरण तथा सचेतना कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति बीरेन्द्र राज कडेल, उपसभाति मधु राणा, भगवती चौधरी, मन्त्री शैलेन्द्र चौरसिया, कोषाध्यक्ष महन्थ यादव, उपकोषाध्यक्ष दयाशंकर सिंह, विश्रामपुर उपशाखा सचिव शिवनाथ यादव तथा रेडक्रसका कर्मचारीहरुको सभागीता रहेको थियो ।