पर्सामा ४८ हजार जनसंख्या बढ्यो 

पर्सामा ४८ हजार जनसंख्या बढ्यो 

वीरगन्ज, १३ माघ । पर्सा जिल्लाको जनसंख्या ४८ हजार थपिएको छ । यसअघि २०६८ सालको जनगणनामा पर्सा जिल्लाको जनसंख्या ६ लाख १ हजार १७ जना रहेकोमा २०७८ को जनगणनामा ४८ हजार ३ सय ८० थपिएपछि ६ लाख ४९ हजार ३ सय ९७ जना पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार पर्साका वीरगन्ज महानगरपालिकामा २ लाख ६८ हजार २ सय ७३ जनसंख्या रहेको छ । त्यस्तै वीरगन्ज महानगरपालिकामा ३६ हजार ६ सय ९७ घरसंख्या गणना गरिएकोमा ४७ हजार २१८ परिवार संख्या बसोवास गरेका छन् ।

पर्साको बहुदरामाई नगरपालिकामा ४३ हजार ७ सय ८०, विन्दवासिनीमा २४ हजार ४ सय ६६, छिपहरमाई गाउँपालिकामा २६ हजार ७ सय ४२, धोबिनी गाउँपालिकामा २२ हजार ८ सय ४७ जनसंख्या रहेको छ ।

त्यसैगरी जगनरनाथपुर गाउँपालिकामा ३२ हजार ३ सय ३७, जीराभवानी गाउँपालिकामा २२ हजार ६ सय २, कालिकामाई गाउँपालिकामा २३ हजार ७ सय ४०, पकाहामैनपुर गाउँपालिकामा २२ हजार नौसय ५७, पर्सागढी नगरपालिकामा ४१ हजार ४ सय ७७ जनसंख्या रहेको छ ।

यस्तै पोखरिया नगरपालिकामा ३८ हजार नौसय ८५, पटेर्वासुगौली गाउँपालिकामा २५ हजार पाँचसय ८, सखुवाप्रसौनी गाउँपालिकामा ३५ हजार ७ सय १२ र ठोरी गाउँपालिकाको जनसंख्या १७ हजार चारसय ९४ रहेको छ ।