जगदम्बा स्टिलमा आगलागी हुँदा दुईजना मजदुरको मृत्यु, तीजना घाईते
वीरगन्ज, ६ असार । बाराको सिमरा स्थित जगदम्बा स्टिल ईण्ड्स्ट्रीज उद्योगमा आगलागी हुँदा दुईजना मजदुरको मृत्यु भएको छ । शनिबार राती करिब साढे आठबजे आगलागी हुँदा दुईजना भारतीय मजदुरको ज्यान गएको हो । अन्य तीनजना घाइते भएका छन ।
पाईप वेल्डिङ गर्ने क्रममा विद्युत सर्ट भई आगलागी हुँदा भारतको बिहार पश्चिम चम्पारणका ४० बर्षीय प्रदीप गोंढ र बिहार सिवान जिल्लाका ४५ बर्षीय रामनाथ महतोको ज्यान गएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो ।
आगलागीमा परी राम कुमार विक, ईन्द्र प्रसाद अधिकारी र नवराज चौलागाईं गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको सिमरा स्थित तराई सिमरा अस्पतालमा उपचार भईरहेको छ । आगलागीबाट उद्योगमा भएको क्षतिबारे आईतबार प्राविधिक टोलीले मूल्यांकन गर्ने प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।