‘सामावेशी शिक्षा र साक्षरता आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

‘सामावेशी शिक्षा र साक्षरता आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

वीरगन्ज, २१ पुस । विश्व ब्रेल दिवसको अवसरमा वीरगन्जमा हिजो समावेशी शिक्षा र साक्षरता आजको आवश्यकता विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । दिव्य युवा क्लब र भिएसओ नेपालको सहयोगमा नेपाल अपांग संघ पर्साले आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा त्रिजुद्ध माविका छात्र आदित्य चौरसिया प्रथम, त्रिजुद्ध माविकै छात्र कन्हैया साह द्वितीय र जनता माविकी छात्रा सविता साह तृतीय हुनुभएको छ ।

त्यस्तै कन्या माविकी प्रियंका पटेलले सान्त्वमा पुरस्कार प्राप्त गर्नुभएको छ । कार्यक्रमको उदघाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले गर्नुभएको थियो । कार्यक्रम उदघाटन गर्दै नगर प्रमुख सरावगीले शारिरिक रुपमा अशक्त र अपांगता भएकाहरु पनि मानसिक रुपमा सपांग जस्तै प्रतिस्पर्धा गर्न सक्ने क्षमताका हुने भएकोले उनीहरुको क्षमता अभिवृद्धिमा सबैको साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको समापन समारोहमा प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरण गर्दै वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीहरुलाई प्रतियोगितामा जितहारको भन्दापनि स्वस्थ आपूmलाई अब्बल सावित गर्नेप्रति प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । प्रतियोगिता एउटा सामान्य मापन विधि मात्रै भएकोले यसले कसैको मनोवल कमजोर बनाउन नहुने बताउनुभयो ।

उहाँले साधारण मानिस भन्दा अपांगता भएका व्यक्तिहरुलाई दया, दान भन्दापनि सहयोगको आवश्यकता रहेको प्रमुख कर्णको भनाई थियो । नेपाल अपांग संघ पर्साका अध्यक्ष रमेश साहको सहजीकरण तथा दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरको अध्यक्षतामा सम्पन्न प्रतियोगिता विभिन्न विद्यालयका १४ जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगिताको निर्णयकमा ठाकुराम बहुमुखी क्याम्पसका उपप्राध्यापक दिलीप कुमार सिंह र सञ्चारकर्मी निरज पिठाकोटे मगर निर्णायकको भूमिकामा रहनुभएको कार्यक्रम संयोजक गणेश ठकुरीले बताउनुभयो ।