हज यात्रीलाई वीरगन्जका मेयर सिंहले गरे विदाई

हज यात्रीलाई वीरगन्जका मेयर सिंहले गरे विदाई

वीरगन्ज, ६ जेठ । मुस्लीमहरुको पवित्र धार्मिक स्थल साउदीको मक्का मदिनामा हज गर्न जाने पर्साका २४ जना हाजीहरुलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विदाई गर्नु भएको छ ।

हाजिहरुलाई विदाई गर्नुहुँदै नगरप्रमुख सिंहले धार्मिक परम्परा र रितिरिवाजलाई कायम राख्न आग्रह गर्नु भयो । वीरगञ्जको वडा नम्बर ६ मा रहेको मदिना जामे मस्जिदमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख सिंहले विदाई गर्नु भएको हो । हज यात्रीलाई नगर प्रमुख सिंहले खादा लगाएर पुष्प गुच्छा दिँदै शुभयात्राको कामना सहित बिदाई गर्नुभएको हो ।